गत साता करिब साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 12, 2021 08:27 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता २५८६.१९ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.२७ प्रतिशत अर्थात १३६.२२ अंक घटेर २४४९.९७ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा २३०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यस साता, साप्ताहिक रुपमा नेप्सेले बियरिश मारुबोजु बनाएको छ। यसले बजार अझै पनि नकारात्मक अवस्थामा रहेको संकेत गर्दछ।

नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ भने बजार ५ दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै पनि करेक्सन फेजमा रहेको संकेत गर्दछ।

नेप्सेको १४ दिने आरएसआई यस साता २७.४२ स्केलमा रहेको छ। यो ओभरसोल्ड जोन हो। यसले बजारमा खरिदचापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ४२ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम १९.२० प्रतिशत कम हो।

बैंकिङ्ग उपसमूह

गत साता पनि १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये सबैभन्दा कम घट्नेमा म्युचुअल फण्ड रहेको छ भने दोस्रोमा बैंकिङ्ग उपसमूह रहेको छ।

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक ४ प्रतिशत घटेको छ। अघिल्लो साता १७४५.२४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ६९.७६ अंक घटेर १६७५.४८ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ भने सूचक ५ दिने इएमएभन्दा तल रहेको छ। यसले बैंकिङ्ग समूह करेक्सन फेजमा रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus