गत साता ६ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Dec 26, 2021 08:19 AM Merolagani

गत साता नेप्से परिसूचक ६ प्रतिशत बढेको छ। अघिल्लो साता २३७६.७४ विन्दुमा बन्द भएको नेप्से, गत साता १४३.४९ अंक अर्थात ६.०४ प्रतिशत बढेर २५२०.२३ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरिँदै गएको छ। यस साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा बुलिश क्रशओभर बन्नेछ। यसले आगामी दिनमा नेप्से परिसूचक उकालो लाग्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु सो दिन अन्योलमा रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले बुलिश मारुबोजु बनाएको छ जसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

नेप्से बढेपनि यस साता भोल्यूम भने कम नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ४६ करोडको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ४९ करोड रुपैयाँ पगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ०.९२ प्रतिशत कम हो।

उत्पादन तथा प्रशोधन उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक बढेका थिए। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १५.९२ प्रतिशत बढेको थियो। अघिल्लो साता ५५३८.५२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ८८१.९० अंक बढेर ६४२०.४२ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ६८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ५६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यो बुलिश क्रशओभर हो, जसले आगामी दिन यस उपसमूहको परिसूचक उकालो लाग्ने संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा थप अध्ययन तथा विश्लेषण गर्न आवश्यक छ)

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।