गत साता साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Feb 13, 2022 08:01 AM Merolagani

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। अघिल्लो साता २८७६.७४ विन्दुमा बन्द भएको नेप्से, गत साता ७५.१८ अंक अर्थात २.६१ प्रतिशत घटेर २८०१.५६ विन्दुमा झरेको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिएको छ। यी दुई इएमएहरु एक आपसमा क्रस हुन लागेको देखिन्छ। यदि यस साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई काटेर तल लागेमा त्यसले बजारमा घट्ने संकेत गर्दछ। र यदि यी दुई बीचको दूरी बढेमा त्यसले बजारमा खरिदकर्ताको चाप बढेको संकेत गर्दछ।

गत साता नेप्से २८०० विन्दुमा टेवा परीक्षण गरेको देखिएको थियो। यदि यस साता नेप्से सो विन्दुभन्दा तल झरेमा बजारमा करेक्सन हुने जानकारहरु बताउँछन्।

यस साता नेप्सेले साप्ताहिक रुपमा बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २१.५० प्रतिशत कम हो। घट्दो बजारमा घट्दो भोल्यूमको अर्थ लगानीकर्ताहरु शेयर बिक्री गर्न नचाहेको बुझिने जानकारहरु बताउँछन्।

अन्य उपसमूह

गत साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक मात्र बढेको थियो भने बाँकी १२ उपसमूहको परिसूचक घटेको थियो। गत साता अन्य उपसमूहको परिसूचक १.४५ प्रतिशत बढेको थियो।

अघिल्लो साता २२८०.०४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ३३.१७ अंक बढेर २३१३.२१ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २१०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढेको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus