नेपाल इन्भेष्टमेन्ट बैंक सहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 15, 2022 05:14 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) सहित चार कम्पनीकाे बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स लघुवित्तको (MERO), महिला लघुवित्त वित्तीय संस्था (MLBSL)  र सिभिल लघुवित्त वित्तीय संस्था  (@CLBSL @) को बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०.६१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई इन्भेष्टमेन्ट बैंकले १२.६११ प्रतिशत, मेरो माइक्रोफाइनान्सले २० प्रतिशत, महिला लघुवित्तले ४७.५० प्रतिशत र सिभिल लघुवित्तले १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

 

comments powered by Disqus