वाणिज्य बैंकहरुले बढाए ब्याजदर, अधिकतम ब्याजदर कति?

Feb 12, 2022 10:04 AM Merolagani

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।

माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो।

शुक्रबार बसेको बैंकर्स एसोशियसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको थियो। बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको तर प्रणालीमा लगातार तरलता दबाब बढ्दै गएका कारण ब्याजदर बढाएका हुन्।

comments powered by Disqus