गत साता ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jan 30, 2022 08:14 AM Merolagani

गत साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ। अघिल्लो साता २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.१६ प्रतिशत अर्थात १५१.३६ अंक घटेर २७७९.९८ विन्दुमा झरेको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यी दूइ बीचको दूरी भने साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा बजार ओरालो लाग्ने संकेत गर्दछ।

यस साता नेप्सेको साप्ताहिक मैनबत्तीले बियरिश इन्गल्फिङ्ग प्याटर्न बनाएको छ। जसले हाल बजार बिक्रीकर्ताहरुको नियन्त्रणमा रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमभन्दा दैनिक औषत भोल्यूम ६.३३ प्रतिशत कम हो।

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक ३.७६ प्रतिशत घटेको छ। अघिल्लो साता १३ हजार ३५९.९३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ५०२.०८ अंक घटेर १२ हजार ८५७.८५ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १३ हजार ५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२ हजार विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। तर, यी दुई बीचको दूरी भने गत साता साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।