गत साता साढे ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Feb 06, 2022 08:07 AM Merolagani

गत साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २७७९.९८ विन्दुमा बन्द भएको नेप्से, गत साता ९६.७६ अंक बढेर २८७६.७४ विन्दुमा बन्द भएको छ।

५ कारोबार दिनामध्ये ४ कारोबार दिन खुलेको बजारमा दुई कारोबार दिन उकालो लागेसँगै नेप्से सो बराबरको अंक बढ्न पुगेको हो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजार अझै सकारात्मक रहेको र बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। जसले गत साता खरिदकर्ता बढी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ०.४१ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ८.४९ प्रतिशत बढेको छ। अघिल्लो साता ३२५०.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २७५.९५ अंक बढेर ३५२६.५० विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ र यी दूई बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले जलविद्युत उपसमूहको परिसूचक सकारात्मक रहेको र बाइङ्ग मोमेन्टम पनि बलियो हुँदै गएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus