गत साता साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 23, 2022 07:34 AM Merolagani

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको थियो। अघिल्लो साता २८५७.७५ विन्दुमा बन्द भएको नेप्से, गत साता ७३.५९ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको थियो।

बजार खुलेका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस अनुसार यस साता उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको साप्ताहिक मैनबत्ती २९०० प्रतिरोध विन्दुभन्दा माथि बन्द भएको छ। यसले यस साता बजारमा थप खरिदकर्ताहरु सक्रिय हुनसक्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। जसले सो दिन खरिदकर्ताहरुको चाप बलियो रहेको संकेत गर्दछ।

नेप्सेको ५ दिने इएमए २० दिने इएमए भन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दै गइरहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो भइरहेको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूममा पनि बढेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ५६ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २९.५४ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

यस साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो साता ३३९३.०७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ११३.५६ अंक बढेर ३५०६.६३ विन्दुमा पुगेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दै गएको देखिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus