सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

Feb 25, 2022 10:35 AM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन १२ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

लाभांश घोषणा पछिकाे अन्याैलले नेपाल लाइफको शेयरमूल्य घट्यो,कम्पनीले क्षमता अनुसार लाभांश बाँड्न सक्ने समितिकाे भनाई

Mar 06, 2022 04:32 PM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।