लाभांश घोषणा पछिकाे अन्याैलले नेपाल लाइफको शेयरमूल्य घट्यो,कम्पनीले क्षमता अनुसार लाभांश बाँड्न सक्ने समितिकाे भनाई

Mar 06, 2022 04:32 PM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।

कम्पनीले कम्पनीले माघ २३ गते आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कामय चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद गरी १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोचभन्दा कम लाभांश प्रस्ताव गरेपछि शेयरधनीहरु निरास बनेका थिए भने कम्पनीको शेयरमूल्य पनि ओरालो लाग्न थालेको थियो । त्यसमाथि कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४.७३ प्रतिशत लाभांश पनि बीमा समितिले रोक लगाउने हल्ला चलेपछि कम्पनीको शेयरमूल्य थप ओरालो लाग्न थालेको हो ।

लाभांश घोषण पश्चात १९ कारोबार दिनमा कम्पनीको शेयर २५ हजार ८५१ पटकको काराबोरबाट १६ लाख ५० हजार १०५ कित्ता शेयर खरिदबिक्री भएर २ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा कम्पनीको शेयरमूल्य ३४७ रुपैयाँ अर्थात २३.०४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १५९ रुपैयाँमा झरेको छ । लाभांश घोषण भएको दिन कम्पनीको शेयरमूल्य एक हजार ५०६ रुपैयाँ कारोबार खुलेको थियो ।

त्यस दिन कम्पनीको शेयर अधिकतम एक हजार ५९७ रुपैयाँ ४० रुपैयाँदेखि न्यूनतम एक हजार ४८१ रुपैयाँसम्म कारोबार भएको थियो ।

पछिल्लो कारोबार दिन फागुन २२ गते आइतबार कम्पनीको शेयर २५ रुपैयाँ ९० पैसा अर्थात २.१९ प्रतिशतले घटेर एक हजार १५९ रुपैयाँमा झरेको हो । त्यस दिन कम्पनीको शेयरमूल्य न्यूनतम एक हजार १५८ रुपैयाँ ३० पैसासम्म पनि कारोबार भएको थियो ।

लाभांश रोक्ने पक्षमा छैन्ः अध्यक्ष सिलवाल

बजारमा कम्पनीको लाभांश रोक्ने हल्ला चलेपनि त्यसमा सत्यता नभएको बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवाल बताउछन् ।

‘लाभांश रोक्ने भन्ने हल्लामा कुनै सत्यता छैन् । कम्पनीले आफ्नो क्षमता अनुसार लाभांश बाड्न पाउँछ,’ उनले भने, ‘पछिल्लो पटक हामीले बोनस शेयरलाई प्राथमिकता दिएर लाभांश वितरण गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएका थियौं । त्यस अनुसार बीमा कम्पनीहरुलाई नगद लाभांश गर्न रोक लगाएका हो । बोनस शेयर वितरण  रोक्ने पक्षमा हामी छैनौं ।’

यद्यपी समितिले नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांशलाई भने स्वीकृति दिएको छैन् । नेपाल लाइफको लाभांशको विषयमा अहिलेसम्म छलफल नै नभएको अध्यक्ष सिलवालको भनाई छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश माथि छलफल गरेर समितिले छिटै स्वीकृति दिने अध्यक्ष सिलवालले मेराेलगानीलाई जानकारी समेत गराए ।

 

comments powered by Disqus

लाभांश घोषणा पछिकाे अन्याैलले नेपाल लाइफको शेयरमूल्य घट्यो,कम्पनीले क्षमता अनुसार लाभांश बाँड्न सक्ने समितिकाे भनाई

Mar 06, 2022 04:32 PM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।