Tue, Mar 08, 2022
फागुन २४ गते मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएको छ। अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बताए।
यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अब नेप्से बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए।
नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।