आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

Feb 09, 2022 11:02 AM Merolagani

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

लघुवित्तले देउरालि लघुवित्तलाई प्राप्त गरेकोले हाल लघुवित्तको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार १४८ रुपैयाँ पुगेको छ। उक्त चुक्ता पूँजीको आधारमा बोनश वितरण गर्ने हुँदा कम्पनीको लाभांश १९.६२ प्रतिशत हुन आउछ। 

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।