चीनमा ५२६ जनामा संक्रमण पुष्टि भएको छ जुन पछिल्लो दुई वर्षकै सर्वाधिक हो । संक्रमितमध्ये २१४ जनामा लक्षण देखिएको थियो भने बाँकी ३१२ जनामा कुनै लक्षण थिएन । संक्रमितको संख्या चीनको शून्य नितीकालागि ठुलो झट्का भएको बताइएको छ ।
चीनमा धेरै संख्यामा संक्रमण पुष्टि भएपछि विश्वका अन्य देश पनि सर्तक भएका छन् । ति देशहरुले आफ्ना नागरिकलाई कोरोना संक्रमण फैलन नदिन नियमहरुको पालना गर्न आग्रह गरेका छन् ।
संचारमाध्यमका अनुसार चीनको किंगडाओ शहरमा ८८ जनामा ओमिक्रोन संक्रमित भेटिएका छन् । ओमिक्रोन पुष्टि भएका सबै विद्यार्थी हुन् । चीनमा पुष्टि भएको यो संक्रमितको संख्या एक वर्षकै उच्च हो ।
विश्वभरमा कोरोना संक्रमितको कुल संख्या ४४ करोड ६७ लाखमाथि रहेको छ । यसैगरी संक्रमणका कारण निधन हुने कुल ६० लाख २० हजार भन्दा धेरै छन् । गत महिनामा विश्वमा कुल पाँच करोड २२ लाख संक्रमित थपिए । सो महिनामा संक्रमणका कारण दुई लाख ६१ हजार जनाले ज्यान गुमाए ।