हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर विवादमा राष्ट्र बैंकको ‘प्रवेश’, शेयर कारोबार फुकुवा नहुँदा लगानीकर्ता बने ‘रमिते’

Mar 04, 2022 07:44 AM Merolagani

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रियामा अबरोध उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले ती दुई बैंकमाथि बिशेष निगरानी बढाउन थालेको छ । केन्द्रीय बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढाउन नसक्ने अवस्था नै आएको हाे भने अन्य बैंकसँग भएपनि मर्जर प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेको छ।

पहिलो कुरा त राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई मर्जर प्रक्रियालाई निरन्तरता दिन भनेको छ । केन्द्रीय बैंकले यदी मर्जर प्रक्रियालाई निरन्तरता दिन नसकेको अवस्थामा अर्को कुनै वाणिज्य बैंकसँग मर्जरका लागि ‘पार्टन’ खोज्न समेत आग्रह गरेको छ ।

सबैभन्दा पहिला त हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको बोर्डले ‘डिमर्जको डिसिजन’ गर्नु पर्यो, त्यसपछि मात्र अन्य प्रक्रियामा जान सहज हुने राष्ट्र बैंकका एक उच्च कर्मचारीले बताए । ‘हिमालयन बैंकको बोर्ड बैठक र इन्भेष्टमेन्ट बैंकको बोर्ड बैठकले डिमर्जको डिसिजन गर्नु पर्यो । त्यसपछि संयुक्त मर्जर कमिटिले डिमर्जको डिसिजन गरेर राष्ट्र बैंकमा पठाउनु पर्यो,’ उनले भने, ‘राष्ट्र बैंकमा पठाइसकेपछि राष्ट्र बैंकले बोर्डमा लगेर यसलाई डिमर्ज गर्न स्वीकृत दिन्छ ।’ यो प्रक्रियाका लागि लगभग एक महिनाको समय लाग्ने दावी राष्ट्र बैंकले गरेको छ ।

डिमर्जको प्रक्रिया सम्पन्न भइसकेकपछि मात्र अर्को बैंकसँग मर्जरमा जान सक्ने सम्भावना हुने ती राष्ट्र बैंकका कर्मचारीको भनाइ छ । ‘पहिला त उनीहरु डिमर्जको प्रक्रियामा प्रवेश हुनु पर्यो,’ उनले भने, ‘त्यसपछि मात्र अर्कोलाई खोज्न सक्छन् । मर्जर टुटेपछि मात्रै अरु खोज्न स्तन्त्र हुन्छन् ।’

कारोबार फुक्कामा ‘डिमर्ज’ बाधक बन्यो

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जान नसकेको कारण सहितको पत्र राष्ट्र बैंकमा नपठाएका कारण शेयर कारोबार खुला हुन सकेको छैन् । ‘शेयर कारोबार फुक्का हुन त डिमर्ज हुनु पर्यो । ती दुई बैंकले अहिलेसम्म केन्द्रीय बैंकमा डिमर्जको डिसिजन नै गरेर पठाएका छैनन्,’ राष्ट्र बैंकका ती कर्मचारीले भने, ‘डिमर्जको डिसिजन हिमालयन र इन्भेष्टमेन्टले नगरेका कारण शेयरधनीलाई धेरै अप्ठयारो परेको छ ।’

लाभांश रोकिने चिन्ता

हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई डिमर्ज हुँदा बित्तीकै लाभांश रोकिने चिन्ता रहेको ती कर्मचारीले बताए । ‘डिमर्ज हुदाँ लाभाशं रोक्काको कारबाही हुन्छ । त्यो हिसाबले उनीहरु डराइ रहेका छन्,’ उनले भने, ‘अरुसँग मर्जरमा गए भने त त्यो कारबाही इफेक्टिभ हुँदैन् । त्यो हिसाबले मर्जरको पार्टन खोजेर ल्याउन खोजेका छन् ।’

अहिले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले मर्जरमा जानका लागि पार्टनर खोजिरहेका छन् । ती दुबै बैंकले अनौपचारिक रुपमा पार्टनर खोजिरहेको ती कर्मचारीले बताए । ‘पार्टन खोजेर मर्जरमा गएनन भने अष्ठयारो पर्न सक्छ । त्यसकारण उनीहरु मर्जरमा जानै पर्छ,’ उनले भने, ‘औपचारिक रुपमा अर्कोसँग मर्जरमा जानका लागि डिमर्ज नभइ हुँदैन् । यसो भएको हुनाले अनौपचारिक रुपमा भित्र भित्रै कुरा मिलाउने तयारीमा छन् ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंकजस्ता ठूला बैंकलाई मर्जरमा लैजानका लागि ठूलै चुनौती हुने गरेको राष्ट्र बैंकका ती कर्मचारीको भनाइ छ । ‘ठूला ठूला बैंकहरु मिल्न गाह्रै हुन्छ । ठूलै ठूला हस्तिहरु हुन्छन्,’ उनले भने, ‘साना ठूलो मिल्दा ब्यालेन्स मिल्छ जस्तो लाग्यो । हिमालयन र इन्भेष्टमेन्ट बैंक बराबर स्टे«न्थ भयो ।’

हिमालयन र इन्भेष्टमेन्ट जस्तै अर्को दुई ठूला बैंक नबिलले नेपाल बंगालादेश बैंकलाई प्राप्ति गर्दैछ । ती नबिलले नेपाल बंगालादेश बैंकमा भने मर्जरमा खासै समस्या नभएको राष्ट्र बैंकका ती कर्मचारीले बताए ।

‘बंगालादेश बैंकमा त जितबहादुर कमजोर स्थितिमा छन्,’ उनले भने, ‘नबिल बैंकको मुख्य लगानीकर्ता विनोद चौधरी सबै हिसाबले बलिया छन् त्यसैले पनि बंगालादेश बैंकलाई प्राप्ति गर्नका लागि कुनै समस्या हुँदैन् ।’ तर, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जान भने समस्या परेको राष्ट्र बैंकको भनाइ छ ।

शेयर कारोबार कहिलेसम्म खुल्ला ?

करिव साढे ९ महिनादेखि रोकिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अझै हुने सम्भावना देखिएको छैन् । गत बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकको शेयर कारोबार त्यसपछि रोकिएको थियो ।

मर्जरमा जाने प्रस्ताव हिमालयन बैंकको साधारणसभा पास नगरेपछि मर्जर प्रक्रिया रोकिन पुगेको थियो । हिमालयन बैंकपछि इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारित गर्न बोलाएको वार्षिक साधारणसभा स्थगित गरेको थियो ।

मर्जर प्रक्रिया भाँडिएपछि शेयर कारोबार कहिलेदेखि कारोबार गर्न पाइएला भनेर लगानीकर्ता प्रतिक्षा गरिरहेका छन् । तर, यता बैंकहरुको नियमन गर्ने निकाय राष्ट्र बैंकले पनि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको कारोबार कहिलेदेखि खुल्ने हो त्यो भने निश्चित नभएको बताउँदै आएको छ ।

‘खै बैंकहरु (हिमालयलन र इन्भेष्टमेन्ट बैंक)बाट हामीलाई केही जानकारी आएको छैन्,’ राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘बैंकहरुबाट जानकारी आएपछि मात्र कहिलेदेखि शेयर कारोबार खुल्ला हुने हो त्यतिबेलामा मात्र थाहा हुन्छ ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरिसकेपछि शेयर बजार मापक नेप्से ३२०० सय अंक नजिकको उचाइमा पुगेर पुनः २२ सय ८२ अंकमा ओर्लिन पुगेको थियो ।

गत भदौं २ गते नेप्सेले नयाँ उचाइ चुमेर ३१९८ अंक पुगेको थियो । त्यसबेला लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर उलेख्य नाफा हात पारेका थिए । तर, कारोबार रोक्का भएका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर भएका लगानीकर्ताले भने नेप्से नयाँ उचाइमा पुगेको बेला शेयर बिक्री गर्न सक्ने अवस्थामा थिएनन् ।

नेप्से उच्च अंकमा पुगेको समयमा लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर नाफा हात पार्न सफल पनि भए । तर, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरुले कारोबार रोकिएका कारण त्यतिबेला शेयर बिक्री गर्न पाएनन् ।

अहिले नेप्से २५४७ अंकमा छ । यतिबेला पनि ती दुई बैंकको शेयर ‘होल्ड’ गर्नेले भने शेयर बिक्री गर्न पाएका छैनन् । अझै कति लामोसमय लगानीकर्ताले प्रतिक्षा गर्नु पर्ने हो त्यो भने अझै अनिश्चित बनेको छ ।

ठूला ती दई बैंकले १ः१ को अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । तर आन्तरिक बिवादका कारण मर्जर प्रक्रिया अबरुद्ध हुन पुगेको छ ।

comments powered by Disqus

लाभांश घोषणा पछिकाे अन्याैलले नेपाल लाइफको शेयरमूल्य घट्यो,कम्पनीले क्षमता अनुसार लाभांश बाँड्न सक्ने समितिकाे भनाई

Mar 06, 2022 04:32 PM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।