इन्फिनिटीले नेपाल एग्रो लाघुवित्तलाई प्राप्ती गर्ने सम्बन्धमा साउन १५ गते नेपाल राष्ट्र बैंक मार्फत अन्तिम स्वीकृती पाएको थियो। नेपाल एग्रोलाई इन्फिनिटीले १०० बराबर ९८ को शेयर आदान प्रदान अनुपातमा प्राप्त गरेको हो।
असार २१ गते बसेको दुवै संस्थाको विशेष साधारणले साे अनुपात प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। जस अनुसार अब नेपाल एग्रो लघुवित्तका शेयरधनीले १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर प्राप्त गर्नेछन्।
एकीकृत कारोबार गर्नको लागि दुबै संस्थाको तथ्यांकलाई एउटै सफ्वेरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनको लागि भदौ ३ गते बिहीबार एक दिनको लागि नेपाल एग्रो लघुवित्तको सम्पूर्ण काराबार बन्द रहने भएको छ ।