नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने

Jul 05, 2021 10:35 AM Merolagani

नबिल बैंक (NABIL) र युनाइटेड फाइनान्सले असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

नबिल बैंकले युनाइटेड फाइनान्स (UFL) लाई एक्वायर गरी सो दिनदेखि एकिकृत कारोबार शुरु गर्न लागेको हो।

गत असार ५ गते सम्पन्न यी दुबै कम्पनीको अलग अलग विशेष साधारण सभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो।

comments powered by Disqus

लाभांश घोषणा पछिकाे अन्याैलले नेपाल लाइफको शेयरमूल्य घट्यो,कम्पनीले क्षमता अनुसार लाभांश बाँड्न सक्ने समितिकाे भनाई

Mar 06, 2022 04:32 PM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर जसो घटिरहेको छ । ब्लुचिप शेयरको रुपमा चर्चित कम्पनीले औसत भन्दा न्यून लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य ओरालो लागेको हो ।