सातामा साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Feb 12, 2022 07:10 AM Merolagani

यस साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। गत साता २८७६.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ७५.१८ अंक अर्थात २.६१ प्रतिशत घटेर २८०१.५६ विन्दुमा पुगेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स २.२९ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ३.१७ प्रतिशत घटेको छ भने सेन्सेटिभ इण्डेक्स ३.३१ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको नेप्सेमा यस साता दैनिक औषतमा ४ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा नेप्सेको दैनिक औषत कारोबार रकम २६.७३ प्रतिशत घटेको हो।

यस साता दैनिक औषत कारोबार संख्या र दैनिक औषत शेयर संख्या पनि घटेको छ। यस साता नेप्सेमा दैनिक औषत कारोबार संख्या २८.४३ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या २७.२५ प्रतिशत घटेको छ।

यस साता कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्त्यमा ४० खर्ब ६५ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता १ खर्ब ५ अर्ब रुपैयाँ घटेर ३९ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक मात्र १.४५ प्रतिशत अर्थात ३३.१७ अंक बढेको छ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। गत साता १६ हजार २४६.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७२.२८ अंक घटेर १५ हजार ४७४.४१ विन्दुमा झरेको छ। सबैभन्दा कम भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा कम ०.२९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता रसुवागढी हाइड्रोपावर कम्पनी, ग्लोबल आइएमई बैंक, नेपाल दूरसञ्चार कम्पनी लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता समता घरेलु लघुवित्त, समिट लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus