सातामा नेप्से ५ प्रतिशत घट्दा कुन उपसमूहको परिसूचक कति घट्यो?

Jan 29, 2022 07:54 AM Merolagani

यस साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ। अघिल्लो साता २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.१६ प्रतिशत अर्थात १५१.३६ अंक घटेर २७७९.९८ विन्दुमा झरेको छ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स २५.०२ अंक घटेर ५१८.७२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स ११.४० अंक घटेर १९०.९२ विन्दुमा झरेको छ। यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ९.५८ अंक घटेर १६७.७६ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या र औषत कारोबार संख्या पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको औषत कारोबार रकम २३.४१ प्रतिशत घटेको हो। त्यस्तै, यस साता औषत शेयर संख्या २४.८२ प्रतिशत र औषत कारोबार संख्या १८.७३ प्रतिशत घटेको छ।

यस साता नेप्सेसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साता ४१ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता २ खर्ब १३ अर्ब रुपैयाँ घटेर ३९ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता अन्य उपसमूहको परिसूचक २.५० प्रतिशत घटेको छ। गत साता २२१७.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५५.४५ अंक घटेर २१६१.९० विन्दुमा झरेको छ। त्यसैगरी, यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.८५ प्रतिशत घटेको छ। गत साता २६३०.०५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २३२.७४ अंक घटेर २३९७.३१ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ५४६.६४ अंक घटेको छ भने सबैभन्दा कम म्यचुअल फण्ड उपसमूहको परिसूचक ०.५५ अंक घटेको छ।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता सानिमा जनरल इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल), जनरल इन्स्योरेन्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, समीट लघुवित्त, सानिमा इक्विटी फण्ड लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।