बङ्गलादेश बैंकको एक करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता, लक्ष्मी बैंक (LBL) को ८५ लाख ५६ हजार ५११.८९ कित्ता, सनराईज बैंकको ६३ लाख ९ हजार ४८३.०९ कित्ता र गुराँस लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६५४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बङ्गलादेश बैंकले १२ प्रतिशत, लक्ष्मी बैंकले ८ प्रतिशत र सनराईज बैंक (SRBL) ले ६.६५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.००४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।