नेपाल इन्फ्रास्टक्चर सहित तीन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 17, 2022 03:56 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) सहित तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार इन्फ्रास्टक्चर बैंक, सिभिल बैंक र साइन रेसुंगा बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्फ्रास्टक्चर बैंकको एक करोड ६० लाख कित्ता, सिभिल बैंक (CBL) को ४३ लाख २१ हजार ८३०.४२ कित्ता र साइन रेसुंगा बैंक (SHINE) को ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई निफ्राले ८ प्रतिशत, सिभिलले ५ प्रतिशत र साइनले १०.९३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

comments powered by Disqus

जीवन विकास लघुवित्तले ७३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Feb 20, 2022 10:23 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हाे ।