नेप्से १६ अंक घट्यो, कारोबार रकम भने बढ्यो

Feb 08, 2022 03:23 PM Merolagani

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से, यस दिन १६.३० अंक घटेर २८३५.५८ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ। कारोबारमा आएका जलविद्युत तथा लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपर तामाकोशीको ३२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरमूलय ३.४४ प्रतिशत बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको २.९९ प्रतिशत र विन नेपाल लघुवित्तको २.५६ प्रतिशत बढेको छ। मंगलबार लिबर्टी इनर्जीको शेयरमूल्य भने सर्वाधिक ६.२७ प्रतिशत घटेको छ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।