नेप्सेसँगै घट्यो कारोबार रकम

Feb 06, 2022 03:33 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। गत साता २८७६.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन १.४१ प्रतिशत अर्थात ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.८ अंक घटेर १९४.१७ विन्दुमा र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेर १७१.०४ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२८ कम्पनीको ७३ हजार १९२ पटकको कारोबारमा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.५७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २.४१ प्रतिशत घटेको छ भने विकास बैंकको १.९६ प्रतिशत, अन्यको १.६८ प्रतिशत, व्यापारको १.६६ प्रतिशत, लघुवित्तको १.४८ प्रतिशत, लगानीको १.३१ प्रतिशत, जलविद्युतको १.१३ प्रतिशत र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावर, नेशनल हाइड्रोपावर, अपर तामाकोशी र एचआईडिसीएलको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर र शिखर इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ भने साहस उर्जाको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्तको शेयरमूल्य भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९५ रुपैयाँ ९० पैसा घटेर १ हजार ७६३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।