बुधबार सेन्चुरी कमर्शियल बैंक (CCBL) , सूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेन्चुरी कमर्शियल बैंकको ५१ लख ९४ हजार ७९६.९६ कित्ता, सूर्या लाइफ इन्स्योरेन्स (SLCL) को २८ लाख ७३ हजार ८७६ कित्ता र प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेन्चुरी कमर्शियलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.७५ प्रतिशत, सूर्या लाइफले १२.७० प्रतिशत र प्रिमियर इन्स्योरेन्स (PIC) ले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछन् ।