संसदले १२ बुँदे व्याख्यात्मक घोषणा सहित अमेरिकी सहयोग एमसीसी बहुमतले अनुमोदन गरेको हो।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो।