दुई वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 22, 2022 04:27 PM Merolagani

दुई वाणिज्य बैंक सहति चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार ग्लोवल आइएमई बैंक (GBIME) र प्रभु बैंक, बुटवल पावर कम्पनी र फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

ग्लोवल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता, प्रभु बैंक (PRVU) को १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता, बुटवल पावर कम्पनी (BPCL) को २९ लाख ४९ हजार ६६३ कित्ता र फष्र्ट माइक्रोफाइनान्स (FMDBL) को ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ग्लोवल आइएमईले १० प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत, बुटवल पावरले १० प्रतिशत र फष्र्ट माइक्रोफाइनान्सले पनि १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

comments powered by Disqus