प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर परिवर्तन भएको छैन। अधिकांशले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
हाल सञ्चालनमा रहेको वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांशको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ। मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर मंसिरमा भन्दा केही बढेको छ। यद्यपि, उनीहरुको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ।
सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको अधिकतम ब्याजदर ९.५ प्रतिशत रहेको छ।
