नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।