नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफल भइरहेको थियाे। एनबी बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकसँग एक्विजिसनमा जाने विषय पारित गरिसकेको छ भने नबिल बैंकले पनि सो विषयलाई पारित गरिसकेको छ । एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।