वाणिज्य बैंकहरुले बढाए ब्याजदर, अधिकांशकाे १०.०५ प्रतिशत

Nov 16, 2021 08:35 AM Merolagani

वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर बढाएका छन्।

अधिकांश बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत रहेको छ।

केन्द्रिय बैंकले गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरेको थियो। केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो।

कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो। जसको औषत निकाल्दा अघिल्लो महिनाको अधिकतम भन्दा पनिकम ब्याजदर भएको थियो। अघिल्लो महिना बैंकहरुले पकाशित गरको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ। यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुन्छ।

वाणिज्य बैंकहरुले सोही आधारमा आफ्नो ब्याजदर तोकेका छन्। हालसम्म ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक, मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको बाहेक सबैको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ।

comments powered by Disqus