शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आज साँझ ५ बजे बाडफाँट हुने भएको हो ।
लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लुवित्तको शेयरमा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६।६५ गुणाले बढी हो ।
माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ४८ हजार ७९० जना भाग्यमानी आवेदकले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।
न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २६ लाख भन्दा बढीले शेयर नपाउने देखिन्छ ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।