साढे १३ अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

Jan 31, 2022 03:33 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे १३ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १०५.५५ अंक बढेर बन्द भएको नेप्से, यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ।

अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुकिङ्ग गरेका कारण यस दिन बजारमा करेक्सन भएको जानकारहरु बताउँछन्। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ६९ हजार ७७० पटकको कारोबारमा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएका माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी र नेपाल टेलिकमको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।